आप्रवासन
आइतबार, २१ असार २०८३, १५ : ५४
ओमानमा जुलाई २० देखि अनिवार्य बिरामी बिदा बीमा लागू हुने
ओमान सरकारले देशमा कार्यरत विदेशी श्रमिकको सामाजिक सुरक्षालाई थप सुदृढ बनाउन महत्वपूर्ण निर्णय गरेको छ। आगामी जुलाई २०, २०२६ देखि सार्वजनिक तथा निजी दुवै क्षेत्रमा कार्यरत विदेशी श्रमिकका लागि बिरामी बिदा (Sick Leave) तथा विशेष बिदा (Extraordinary Leave) सम्बन्धी बीमा योजना अनिवार्य रूपमा लागू गरिने भएको हो। यो व्यवस्था ओमानको सामाजिक सुरक्षा कोष (Social Protection Fund – SPF) ले जारी गरेको नयाँ निर्णयअनुसार लागू हुनेछ।