त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

आप्रवासन आप्रवासन

सेवाग्राहीबाट प्राप्त गुनासोहरूको सम्बोधन तथा विगतमा माननीय मन्त्री र मन्त्रालयबाट दिइएका निर्देशनहरूको कार्यान्वयन अवस्थाबारे जानकारी लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको टोलीले हिजो मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

730749831_27132446433085487_3087363530734996804_n

अनुगमनका क्रममा नागरिक उड्डयन कार्यालयले विमानस्थलको सरसफाइ, व्यवस्थापन तथा सेवा प्रवाहमा उल्लेखनीय सुधार गरेको मन्त्रालयले जनाएको छ।

 

730109609_1714696356234478_8015909608834102407_nयात्रु सेवामा सहजता ल्याउन तथा विमानस्थलको समग्र व्यवस्थापन सुधार गर्न गरिएका प्रयासहरूको सकारात्मक प्रभाव देखिएको अनुगमन टोलीको निष्कर्ष रहेको छ।

730760589_1679569976426176_7163263483026676345_n

टोलीले विमानस्थलका विभिन्न सेवा क्षेत्रहरूको निरीक्षण गर्दै यात्रुहरूको सुविधा, सरसफाइको अवस्था, सूचना प्रवाह तथा सेवा व्यवस्थापनको मूल्याङ्कन गरेको छ ।

 

730304187_1820814042223037_7497481957059815163_n अनुगमनका क्रममा देखिएका सुधारलाई निरन्तरता दिन तथा बाँकी रहेका चुनौतीहरूको समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन समेत दिइएको समेत जनाएको छ।

731158269_1555505455971588_5808888804556116188_n

 

730584844_2443848332761919_6744507283418487809_n

मन्त्रालयले विमानस्थल सेवाको गुणस्तर अझ प्रभावकारी र यात्रुमैत्री बनाउन आगामी दिनमा थप सुधारात्मक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

 

728984643_1427767635822968_4068556874309464416_n

 

728726952_1364522338987469_834609938589963358_n