भारतमा नेपाली पक्राउ

कतार र युएई हिँडेका १० नेपाली भारतमा पक्राउ

आप्रवासन आप्रवासन

वैदेशिक रोजगारीका सिलसिलामा कतार र युएई हिँडेका १० नेपाली भारतमा पक्राउ परेका छन् । भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार नक्कली कागजातसहित नेपालीहरू मुम्बई विमानस्थलबाट पक्राउ परेका हुन् । भारतीय अध्यागमनले उनीहरूको कागजात जाँच गर्दा फर्जी पाइएपछि पक्राउ गरेको पत्रिकाले उल्लेख गरेको छ ।

उनीहरूमध्ये ६ जना मे २६ र ४ जना मे २९ तारिखमा पक्राउ परेका हुन् । उनीहरूको साथमा श्रम स्वीकृति र भारतस्थित नेपाली दूतावासले जारी गरेको एनओसी समेत थियो । तर दुवै कागजात नक्कली पाइएको थियो ।

पक्राउ परेकाहरूले प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँका दरले नेपालका दलालहरूलाई रकम बुझाएको र उनीहरूको सहयोगले नै भारत हुँदै खाडी देश जान लागेको बताएका थिए । ने

पालका शकिर यादव र अहमद नाम गरेका २ जना व्यक्तिलाई रकम बुझाएको ती नेपालीहरूको बयान छ ।

भारतीय प्रहरीले उनीहरूको माथि थप अनुसन्धान भइरहेको र नेपाली दलाल र भारतीय सहयोगीहरूको खोजी भइरहेको जनाएको छ ।