वैदेशिक रोजगार बोर्डले प्रवासी नेपाली कामदारहरूलाई प्रदान गरिँदै आएको सेवाहरूका लागि अबदेखि अनलाइन आवेदन अनिवार्य गरेको छ ।
वैदेशिक रोजगार नियमावली, २०७४ को नियम २८ को उपनियम ७ अनुसार सेवा प्राप्त गर्न आवेदन दिने प्रक्रिया स्थानीय तहमार्फत व्यवस्थापन गरिनेछ । अब आर्थिक सहायता, स्वास्थ्य उपचार सहायता लगायतका कल्याणकारी सेवाको लाभ लिन चाहने व्यक्तिले आफ्नै स्थानीय तहबाट अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।
यसका लागि बोर्डले Foreign Employment Welfare Information Management System (FEWIMS) प्रणाली सञ्चालनमा ल्याएको हो । बोर्डले देशभरका स्थानीय तहहरूलाई आवश्यक पहुँच Access प्रदान गरिसकेको छ ।
७७ वटै जिल्लामा सञ्चालनमा रहेका केन्द्रहरूबाट सेवा सम्बन्धी आवश्यक मार्गदर्शन पनि उपलब्ध गराइने छ । साथै, अझै FEWIMS प्रणालीमा पहुँच नपाएका स्थानीय तहहरूले वैदेशिक रोजगार बोर्ड सचिवालयमा निवेदन दिई Access प्राप्त गर्न सक्नेछन् ।
बोर्डका अनुसार, अनलाइन आवेदन प्रणालीमार्फत सेवा प्रवाह गर्दा प्रक्रिया पारदर्शी, सहज र छरितो हुने अपेक्षा गरिएको छ । अब प्रवासी कामदारहरू वा उनीहरूका परिवारले
घर नजिकैको स्थानीय तहमा गई डिजिटल प्रणालीमार्फत सेवा आवेदन दिन सक्नेछन्, जसले सेवा लिने प्रक्रियामा ठूलो सुधार ल्याउने विश्वास लिइएको छ ।