यूके र क्यानडा पठाइदिन्छु भन्दै ठग्ने ३ जना पक्राउ

यूके र क्यानडा पठाइदिन्छु भन्दै ठग्ने ३ जना पक्राउ

आप्रवासन आप्रवासन

यूके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहका तीन सदस्यलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूमा, भक्तपुर नगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र बासुकला, काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने मोरङ रतुवामाई–१० का ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं–३२ नरेफाँट बस्ने धनुषा सबैला–१२ का ४७ वर्षीय अरुणराज शर्मा छन् । रवीन्द्र बासुकलाले क्यानडा पठाइदिन्छु भन्दै एक पीडितबाट ५ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए । उता, लक्ष्मण पराजुली र अरुणराज शर्माले यूके पठाइदिन्छु भन्दै ३८ जना पीडितहरूसँग जम्मा ११ करोड ६ लाख ९७ हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए । प्रहरीले रवीन्द्रलाई सोमबार भक्तपुरको ब्यासीबाट र लक्ष्मण तथा अरुणलाई आइतबार काठमाडौंको नरेफाँटबाट नियन्त्रणमा लिएको हो।

हाल उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।