तालिम केन्द्रको सफलता कति जनालाई तालिम दिइयो भन्नेमा मात्र सीमित हुनु हुँदैन। कति जनाले रोजगारी पाए, कतिले उद्यम सुरु गरे र उनीहरूको आम्दानीमा कति सुधार आयो भन्ने आधारमा मापन हुनुपर्छ,’ मन्त्री यादवले भने।
यो एउटा भवनको उद्घाटन मात्र नभई युवाको भविष्य निर्माण र रोजगारीका नयाँ सम्भावना खोल्ने अभियानको सुरुवात भएको उनको भनाइ थियो । मन्त्री यादवले युवाहरूलाई सिप सिक्न नहिचकिचाउन र इमानदार श्रमको सम्मान गर्न आग्रह गर्दै स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्ने र विदेश जाने युवाहरूलाई पनि दक्ष तथा सुरक्षित श्रमिकका रूपमा मात्र पठाउने सरकारको प्राथमिकता रहेको स्पष्ट पारे ।
सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबिचको सहकार्य अपरिहार्य रहेको उनले औँल्याए । एभरेस्ट मल्टी स्किल प्रालिका अध्यक्ष खगेन्द्र न्यौपानेले अदक्ष श्रमिकका रूपमा बिदेसिँदा नेपाली युवाले भोग्नुपरेको दुःख र हन्डरलाई कम गर्न यस संस्थाको स्थापना गरिएको बताए।
विगत २५ वर्षदेखि मलेसियामा बस्दै आएको आफ्नो अनुभव सुनाउँदै अध्यक्ष न्यौपानेले भने, ‘विदेश जाँदा वा स्वदेशमै पनि हातमा सिप र कला भएमा राम्रो तलब र अवसर पाइन्छ, तर सिप नहुँदा श्रमिकले धेरै दुःख पाउनुपर्ने अवस्था छ।’अध्यक्ष न्यौपानेले अदक्षलाई अर्धदक्ष र अर्ध–दक्षलाई पूर्ण दक्ष जनशक्ति बनाएर मात्र रोजगारीका लागि पठाउने संस्थाको मुख्य उद्देश्य रहेको जानकारी दिए ।