मन्दीमा बेलायती अर्थतन्त्र

बेलायतमा आर्थिक वृद्धि घट्ने, महँगी अझ बढ्ने

आप्रवासन आप्रवासन

बेलायतको अर्थतन्त्र यस वर्ष पनि मन्दीबाट गुज्रिने देखिएको छ । बेलायती अर्थमन्त्री रेचेल रिभ्सले बेलायती संसद्मा 'अफिस फर बजेट रेस्पोन्सिबिलिटी' प्रतिवेदन प्रस्तुत गर्दै अर्थतन्त्रमा समस्या कायमै रहने जनाएकी हुन् ।

प्रतिवेदनमा सन् २०२५ मा बेलायतको अर्थतन्त्र केवल एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो यसअघि गरिएको वृद्धिदर प्रक्षेपणभन्दा पनि कम हो । गत अक्टोबरमा सन् २०२५ मा अर्थतन्त्र २ प्रतिशतले बढ्ने अपेक्षा गरिएको थियो ।

तर हाल विश्व व्यापार अनिश्चितताबाट गुज्रिरहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारमा कर थोपर्दै जाँदा अवस्था थप खराब बन्न सक्ने रिभ्सको भनाई छ ।

आर्थिक वृद्धिदर अत्यन्तै सुस्त भए पनि बेलायतमा महँगी भने थप बढ्ने देखिएको छ । सन् २०२५ मा महँगी दर ३.२ प्रतिशतमा पुग्ने प्रक्षेपण छ । जबकि यसअघि महँगी २.५ प्रतिशतमा सीमित हुने अपेक्षा थियो ।

यस अवस्थाको मारमा बेलायतमा रहेका वा जाने तयारीमा रहेका नेपाली समेत पर्ने देखिन्छ । हाल बेलायतमा नेपालीहरूले महँगो भाडा तिर्नुपर्ने, काम नपाउने, कलेजको शुल्क बुझाउन गाह्रो पर्ने जस्ता समस्या सामना गरिरहेका छन् ।