अमेरिकामा सोसियल सेक्युरिटी

अमेरिकामा अब सोसियल सेक्युरिटी सम्बन्धी नयाँ प्रक्रिया

आप्रवासन आप्रवासन

अमेरिकाले सोसियल सेक्युरिटी सम्बन्धी नयाँ प्रक्रिया लागू गर्ने भएको छ । सोसल सेक्युरिटी एडमिनिस्ट्रेसनले मार्च ३१ देखि नयाँ पहिचान प्रमाणीकरण प्रक्रिया लागू गर्ने भएको हो ।

नयाँ नियमअनुसार व्यक्तिले फोनमार्फत पहिचान प्रमाणीकरण गर्न नसक्ने र अनलाइन एकाउन्ट नभएमा व्यक्तिगत रूपमा सोसल सेक्युरिटी कार्यालयमा उपस्थित हुनुपर्नेछ । भौतिक उपस्थितिले गलत तरिकाले दाबी हुने घटनाहरूलाई न्यूनीकरण गर्ने उद्देश्य राखिएको छ ।

अमेरिकामा नयाँ बसोबास वा सेवा निवृत्त व्यक्तिहरू, अशक्तता लाभ लिनेसँगै र बालबालिकाहरूलाई पहिचान पत्र स्वरूप सोसियल सेक्युरिटी प्रदान गरिन्छ । यही कागजातको आधारमा अन्य सेवा उपभोग गर्ने आधार तय गर्छ ।

तर नयाँ प्रक्रिया लागू पछि नयाँ सोसल सेक्युरिटीको आवेदन दिने नेपालीहरू प्रभावित हुने देखिन्छ । अनलाइन एकाउन्ट नभएका वा अनलाइन प्रमाणीकरण गर्न नसक्ने व्यक्तिहरूमा समेत यसले प्रत्यक्ष असर गर्न सक्छ । यस्ता नेपालीहरूले आफ्नो बसोबास रहेको क्षेत्रको सोसल सेक्युरिटी कार्यालयमा भौतिक उपस्थित भई बाकी प्रक्रिया पूरा गर्न सक्ने छन् ।