अस्ट्रेलियामा चुनाव

अस्ट्रेलियामा मे ३ मा चुनाव, नेपालीलाई कस्तो प्रभाव ?

आप्रवासन आप्रवासन

अस्ट्रेलियाका आगामी मे मा आम चुनाव हुने भएको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजले शुक्रबार संसद् विघटन गर्दै चुनावको घोषणा गरेका हुन्  

अस्ट्रेलियामा हरेक वर्षभित्र प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने कानुनी व्यवस्था पछिल्लो पटक सन् २०२२ मे २१ मा आम चुनाव भएको थियो

चुनावी सर्वेक्षणहरूले प्रमुख राजनीतिक दलहरू लेबर पार्टी लिबरल पार्टीबिच कडा प्रतिस्पर्धा हुने देखाएका छन् कसैको स्पष्ट बहुमत नआउने दुवै दलले स्वतन्त्र सांसद वा अन्य साना दलहरूमाथि निर्भर हुनुपर्ने सम्भावना देखिएको छ।

अस्ट्रेलियामा हुन लागेको नयाँ चुनावको प्रभाव त्यहाँ रहेका जान खोजिरहेका नेपालीमा समेत पर्नेछ

यदि वर्तमान लेबर पार्टीले आगामी चुनाव जितेको खण्डमा अन्तर्राष्ट्रिय विद्यार्थीसँगै अन्य आप्रवासीमाथिको कडाइ जारी रहनेछ लिबरल पार्टीले सरकार बनाएको खण्डमा भने अन्तर्राष्ट्रिय विद्यार्थी वा आप्रवासीप्रतिको हालको नीति बदलिन सक्छ

यस्तोमा अस्ट्रेलियामा रहेको नेपाली समुदायले आगामी चुनावलाई निकै चासोका साथ हेरिरहेका छन्