प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मंगलबार थाइल्यान्डको बैंकक जान लागेको अवगत गराएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालको कार्यकारी प्रमुखले औपचारिक रूपमा ६५ वर्ष पछि थाइल्यान्डको भ्रमण गर्न लागेको समेत बताए । थाइल्यान्ड भ्रमणका क्रममा २ वटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किने तालिका छ।