अमेरिकाबाट फर्किँदै गरेका एक पुरुषको जहाजभित्रै मृत्यु

आप्रवासन आप्रवासन

अमेरिकाबाट टर्किस एयर प्लाइटमार्फत नेपाल फर्कदै गरेका एक जनाको उडानकै क्रममा जहाज भित्रै मृत्यु भएको छ ।

आज बिहान बिहान ६ः ३५ बजे अमेरिकाबाट आएको टर्किस एयरलाइन्सको विमानमा अचेत भेटिएका व्यक्तिको मृत्यु भएको गौशाला प्रहरीले जनाएको छ । टिके ७२६ फ्लाइटमा सवार शहिद लखन गाउँपालिका वडा नं १ घर भई काठमाडौँ सामाखुशी बस्ने ७३ वर्षीय श्यामहरि मरहठ्ठाको फ्लाइटभित्रै मृत्यु भएको हो ।

गौशाला प्रहरीले दिएको जानकारी अनुसार उहाँको शव जाँच मुचुल्का भइरहेको छ । मरहठ्ठा पत्नी कालिकासहित अमेरिकाबाट सँगै फर्कनुभएको थियो ।