प्रधानमन्त्री शाहको अभिव्यक्ति पछि भारतले देखायो चासो

आप्रवासन आप्रवासन

“म प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको रहेछ। दुवै पक्ष बसेर वास्तविक अवस्था हेर्नुपर्छ।”

उनले सीमा समस्यालाई आरोप–प्रत्यारोपको विषय नबनाई नेपाल र भारतबीच कूटनीतिक संवाद तथा संयुक्त अध्ययनमार्फत समाधान गर्नुपर्ने धारणा राखे। लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी विवाद पनि वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने सरकारको नीति रहेको बताए।

तर प्रधानमन्त्रीले नेपालले भारतको “कुन–कुन ठाउँको भूमि मिचेको” भन्नेबारे कुनै विशिष्ट स्थान वा तथ्यांक सार्वजनिक गरेनन्। यही कारण उनको अभिव्यक्तिपछि राजनीतिक तथा बौद्धिक वृत्तमा बहस सुरु भएको देखिन्छ। केही सीमा विज्ञहरूले सार्वजनिक रूपमा नेपालले भारतको भूमि अतिक्रमण गरेको प्रमाण आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्।

भारतीय मिडियाले पनि यो भनाइलाई विशेष महत्वका साथ प्रकाशन गरेका छन्, किनकि नेपालका प्रधानमन्त्रीबाट “दुवै पक्षबाट सीमा अतिक्रमण भएको” भन्ने स्वीकारोक्ति शैलीको अभिव्यक्ति विरलै सुनिन्छ।