देशनिकालाको कारण

यी ८ कारणले विदेशबाट डिपोट भइरहेका छन् नेपाली

आप्रवासन आप्रवासन

वैदेशिक रोजगारी, अध्ययन वा भ्रमणका लागि विदेश गएका नेपाली नागरिकहरू विभिन्न कारणले गर्दा निर्वासित (डिपोर्ट) भएर स्वदेश फर्कन बाध्य हुने क्रम बढ्दै गएको छ। यो भिडियोमा हामी यस्ता ८ कारणबारे कुरा गरिरहेका छौँ जसकारण डिपोटमा परिन्छ ।

विदेशी भूमिबाट डिपोर्ट हुने प्रमुख ८ कारण

१=अवैध बसोबास – भिसाको अवधि समाप्त भइसकेपछिसमेत बिना नवीकरण रहनु ।

२=अनधिकृत प्रवेश – सीमा नाघेर अवैध रूपमा प्रवेश गर्नु ।

३=भिसा ठगी वा झूठो विवरण – झूठा कागजात वा गलत जानकारीका आधारमा भिसा प्राप्त गर्नु ।

४=अनुमति बिना काम गर्नु – रोजगार अनुमतिबिना काम गर्न थाल्नु ।

५=झूठो विवाह सम्बन्ध – आप्रवासन लाभका लागि नक्कली विवाह गर्नु ।

६=आप्रवासन स्थितिमा असर पार्ने आपराधिक कार्य – गैरकानुनी गतिविधिहरूमा संलग्न हुनु ।

७=ठेगाना परिवर्तनको जानकारी नदिनु – बसोबासको ठेगाना परिवर्तन गर्दा सम्बन्धित निकायलाई सूचित नगर्नु ।

८=++अवैध आप्रवासीको तस्करी वा लुकाउनु – अन्य अवैध आप्रवासीलाई सहायता गर्नु वा लुकाउनु ।