अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ताको आगामी दोस्रो चरण पहिलो चरणभन्दा अझ सजिलो हुने बताएका छन् ।
युद्ध अन्त्यबारे हालै घोषणा गरिएको प्रारम्भिक समझदारीपत्र (एमओयू)पछि अब वार्ता अर्काे चरणमा प्रवेश गर्ने तयारीमा छ । यही क्रममा फ्रान्समा जारी जी–७ शिखर सम्मेलनको छेकोमा कतारका अमिरसँगको भेटका क्रममा ट्रम्पले भने, ‘यो दोस्रो चरणमा जान्छ, जुन मलाई लाग्छ वास्तवमै सजिलो हुनेछ,’ ।
अमेरिकी अधिकारीहरूका अनुसार आगामी चरणमा इरानको आणविक कार्यक्रमसम्बन्धी प्राविधिक वार्ता हुनेछन्। साथै इरानलाई दिइने आर्थिक राहत, वित्तीय व्यवस्था तथा स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने विस्तृत विषयमा छलफल गरिनेछ ।
अमेरिकाले इरानमा कुनै पनि पैसा लगानी नगर्ने ट्रम्पले स्पष्ट पारेका छन् । उनका अनुसार केही सहयोगीहरूमा इरानले अमेरिकी कोष प्राप्त गर्ने भन्ने चिन्ता बढेको भए पनि त्यसलाई उनले अस्वीकार गरेका हुन् ।
अधिकारीहरूका अनुसार प्रस्तावित योजनाअन्तर्गत करिब ३०० अर्ब अमेरिकी डलरको पुनर्निर्माण कोष खाडी मुलुकहरूको सहयोगमा तयार गरिनेछ ।