भारत-पाकिस्तान तनाव

पाकिस्तानी विमानलाई भारतीय आकाश बन्द

आप्रवासन आप्रवासन

भारतले पाकिस्तानी विमानहरूलाई आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । कश्मीरको पहलगाम आक्रमणपछि २ देशबिच बढ्दो तनावका माझ भारतले पाकिस्तानी विमानहरूका लागि आफ्नो आकाश बन्द गरिदिएको हो ।

योसँगै पाकिस्तानमा दर्ता भएका पाकिस्तानी एयरलाइन्स र अपरेटरहरूद्वारा सञ्चालित, स्वामित्वमा रहेका वा भाडामा लिइएका विमानहरूले भारतीय हवाई क्षेत्रमा प्रवेश गर्न पाउने छैनन् । यो प्रतिबन्ध पाकिस्तानको सैन्य विमानमा पनि लागू हुनेछ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार हालका लागि यो प्रतिबन्ध मे २३ सम्मका लागि घोषणा गरिएको छ ।

भारत र पाकिस्तानबिच सिधा उडान नभए पनि पाकिस्तानी एयरलाइन्सहरूले सिंगापुर, मलेसिया र अन्य पूर्वी एसियाली देशहरूमा हुने उडानहरूका लागि भारतीय हवाई क्षेत्र प्रयोग गर्ने गर्छन् । तर यो घोषणासँगै अब पाकिस्तानी एयरलाइन्सहरूले ती गन्तव्यहरूमा उडान गर्दा अतिरिक्त समयसँगै उच्च लागत व्यहोर्नु पर्ने देखिन्छ ।

यसअघि पाकिस्तानले पनि भारतीय विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । जसले गर्दा दिल्लीबाट अन्तर्राष्ट्रिय उडान भर्ने भारतीय एयरलाइन्सहरूको लागत र समय दुवै बढेको छ ।