श्रम संसार

श्रम संसार: घरमै बसेर रोजगारी र तालिम खोज्ने सजिलो बाटो

आप्रवासन आप्रवासन

सोच्नुस्, तपाईंको सीप, अनुभव र योग्यतालाई चिन्ने एउटा प्लेटफर्म, जहाँ काम दिने र काम खोज्ने दुवै जना एकै ठाउँमा भेटिन्छन् । अवसर  खोज्न इन्टरनेटमा र्यान्डम पेजमा गइरहनुनपर्ने भएमा कति सजिलो हुन्छ होला ? ।

नेपाल सरकारले हालै एउटा त्यस्तै वेभसाइटमा ल्याएको छ 'श्रम संसार' पोर्टल, जहाँ श्रमिक र रोजगारदाता सिधा जडान हुन्छन्, बिना दलाल, बिना झन्झट ।

यो पोर्टलको विशेषता भनेको-

रोजगारी खोजी: श्रमिकहरूले विभिन्न क्षेत्रका रोजगारीहरू खोज्न, आवेदन दिन र आफ्नो प्रोफाइल अपडेट गर्न सक्छन् ।

तालिम जानकारी: सीप विकासका लागि उपलब्ध तालिमहरूको जानकारी प्राप्त गर्न सकिन्छ ।

रोजगारदाता दर्ता: रोजगारदाताले आफ्नो कम्पनी दर्ता गरी आवश्यक जनशक्ति माग गर्न सक्छन् ।

सहज पहुँच: मोबाइल एप्स र स्थानीय रोजगार सेवा केन्द्रमार्फत सेवा लिन सकिन्छ ।

सामाजिक सुरक्षा समन्वय: श्रमिकहरूको सामाजिक सुरक्षा योजनासँग समन्वय गर्न सकिन्छ  ।

https://shramsansar.gov.np/

https://www.shramsansar.koshi.gov.np/

श्रम संसार पोर्टल प्रयोग कसरी गर्ने ?

प्रयोगकर्ता तपाईको पहिलो काम भनेको दर्ता हो । वेभसाइटको दाया तर्फ दर्ता लेखिएको देख्न सक्नुहुने छ । व्यक्तिगत वा संस्थागत रूपमा दर्ता गर्नुहोस् ।

त्यहाँ दिइएको विकल्पमा तपाई के हो त्यसैमा गई आफ्नो प्रोफाइल बनाउन आफ्नो शैक्षिक योग्यता, सीप, अनुभव आदि विवरणहरू भर्नुहोस् ।

यदी रोजगारीको खोजीमा हुनुहुन्छ भने पहिलो पेजमा रहेको काम रोजगारी लेखिएकोमा तपाईको अनुभव र दक्षता आधारमा काम खोज्नुहोस् ।

उपलब्ध रोजगारीहरूको सूची हेरेर चित्त बुझ्दो भए आवेदन दिनसकिन्छ ।

तालिममा सहभागी हुनुहोस्: उपलब्ध तालिमहरूको जानकारी लिएर सहभागी हुनुहोस् ।

यो वेभसाइटको अर्को राम्रो पक्ष भनेको यदी तपाई कुनै सिप तालिम लिन खोजिरहनु भएको छ वा विदेश जाने तयारीमा छोटो समयमा केही सिकिहालौ लागेको छ भने त्यहाँ उपयोगी तालिम कहाँ कहिले हुँदैछ त्यसबारे वेभसाइटको वाया तर्फ थोरै स्क्रोल गर्दा तालिम वा सूचनाबारे जानकारी पाइन्छ । सरकारले ल्याएको श्रम संसार तपाईलाई कस्तो लाग्छ । कमेन्ट गर्नूहोला ।