साउदी अरब ट्रम्प

साउदी अरब पुगे अमेरिकी राष्ट्रपति ट्रम्प

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब पुगेका छन् । केही समयअघि राष्ट्रपति ट्रम्प चढेको एअरफोर्स १ विमानले राजधानी रियादमा अवतरण गरेको अल जजीराले जनाएको छ ।

राष्ट्रपति ट्रम्प आफ्नो दोस्रो विदेश भ्रमण र पहिलो औपचारिक भ्रमणका लागि साउदी अरब पुगेका हुन् । मध्यपूर्वको भ्रमणका क्रममा उनले साउदी अरबसँगै कतार र यूएईको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

खासमा अमेरिकाको राष्ट्रपति बनेपछि क्यानडा, मेक्सिको वा कुनै पनि युरोपेली देश घुम्ने पुरानो चलन रहेको छ । तर, सन् २०१७ मा राष्ट्रपति बनेपछि ट्रम्पले सबैभन्दा पहिले साउदी अरेबिया पुगेर यो परम्परा तोडेका थिए ।

दोस्रो पटक राष्ट्रपतिको रूपमा सपथ लिएपछि ट्रम्पले पहिलो विदेशी व्यक्ति साउदी राजकुमार एमबीएसलाई अमेरिका बोलाएका थिए । दुई नेताले मध्यपूर्वमा स्थायित्व ल्याउने, क्षेत्रीय सुरक्षा सुदृढ गर्ने र आतंकवादविरुद्ध लड्ने प्रयासबारे छलफल गरेका थिए ।

यसपछि साउदी सरकारले विज्ञप्ति जारी गर्दै आफ्नो देश आगामी चार वर्षभित्र अमेरिकामा ६०० अर्ब डलर लगानी गर्न तयार रहेको बताएको थियो । यद्यपि, ट्रम्पले भनेका थिए कि उनी यसलाई बढाएर १ ट्रिलियन डलरमा पुर्‍याउन चाहन्छन्, जसमा थप अमेरिकी सैन्य उपकरण खरिद पनि समावेश रहेको छ ।

साउदीको सार्वभौम सम्पत्ति कोष र सार्वजनिक लगानी कोष पीआईएफमा ९२५ बिलियन रकम छ ।