रेमिटेन्समा कर

रेमिटेन्समा कर लगाउने तयारीमा ट्रम्प प्रशासन

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकाबाट विदेशी नागरिकले रेमिटेन्स पठाउँदा ५ प्रतिशत कर लगाउने योजना अघि बढाएको छ ।

अमेरिकाको संसद्मा यस व्यवस्थासहितको एक विधेयक पेस भएको हो । विधेयकलाई ‘द वान बिग ब्युटिफुल बिल’ नाम दिइएको छ । विधेयकले गैर–अमेरिकी नागरिकहरूले आफ्नो देशमा पैसा पठाउँदा कर तिर्नुपर्ने व्यवस्था समेटिएको छ ।

यो प्रावधान अमेरिकाको ग्रिन कार्ड भएकासँगै नन-इमिग्रेन्ट भिसा भएकाहरूमा लागु हुने छ ।

रेमिटेन्समा कर लगाइए त्यसले रेमिटेन्सको लागत बढाउने छ । मेक्सिकोकी क्लाउडिया शियनबमले सो विधेयकको विरोध गरेकी छिन् । उनले अमेरिकामा रहेका मेक्सिकनले विभिन्न करहरू तिरिरहेको सन्दर्भमा थप कर लगाउनु गलत भएको बताएकी थिइन् ।

उक्त विधेयक पारित भएको खण्डमा त्यसको प्रत्यक्ष असर अमेरिकामा रहेका नेपाली समेत पर्ने छ ।

सर्वाङ्गीण विकास अध्ययन केन्द्रले गरेको एक अध्ययनअनुसार अमेरिकाबाट सन् २०२३ मा १ दशमलव २८ अर्ब डलर रेमिटेन्स नेपाल भित्रिएको थियो । यो सो वर्ष नेपाल भित्रिएको कुल रेमिटेन्सको १२ प्रतिशत हो ।

पछिल्लो अमेरिकी जनगणनाअनुसार अमेरिकामा २ लाख १५ हजार हाराहारीमा नेपाली रहेको अनुमान छ