युरो बैंक नोट

नयाँ डिजाइनसहित युरो बैंक नोटहरू आउँदै

आप्रवासन आप्रवासन

युरोपेली युनियनले परिवर्तित डिजाइनसहित नयाँ युरो बैङ्क नोटहरू ल्याउने भएको छ । युरोपेली केन्द्रीय बैङ्कले सबै युरो नोटहरूमा पूर्ण रूपमा नयाँ डिजाइनको घोषणा गरेको हो ।

बैङ्कले हालका नोटहरूमा आमूल परिवर्तन गरी युरोपको प्रकृति र संस्कृति केन्द्रित डिजाइन समेटेर नयाँ नोट जारी गर्ने कार्य योजना सार्वजनिक गरेको हो । जस अनुसार नयाँ नोटहरूमा युरोपका प्रेरणादायक सांस्कृतिक आइकनसँगै मानव, नदी, झरना, चरा र अन्य प्राकृतिक चिजहरू समेटिने छ। यस्तै, नयाँ नोटहरूमा युरोपको वास्तुकला, इतिहास जस्ता विषय समेत झल्किने छन् ।

आगामी नोटहरूलाई नक्कली बनाउन गाह्रो हुने र थप टिकाउ हुने समेत बताइएको छ ।

नयाँ नोट आउँदो वर्ष अर्थात् सन् २०२६ मा ल्याउने तयारी छ ।

नयाँ नोटहरू जारी गरिए पनि पुरानो नोटहरूको वैधता यथावत् रहने र मान्य हुने बैङ्कले भनेको छ । यद्यपि, हालका पुराना युरो नोटहरूलाई बिस्तारै विस्थापित गर्दै लैजाने कार्य समेत सँगसँगै हुने छ ।