अनलाइन ठगी

अनलाइन ठगीबाट जोगिन अपनाउनुहोस् यी उयाप

आप्रवासन आप्रवासन

तपाईँलाई महँगो मोबाइल जितेको सन्देश आयो  वा कसैले म्यासेजमा भन्यो— तपाईँले यति तोला सुन पुरस्कार जित्नुभयो  वा कतैबाट नोटिफिकेशन आयो, चिट्ठा जितेको ‘वाह कति भाग्यमानी रहेछु भन्ने लागेर हत्तपत्त त्यस्तो लिङ्कमा क्लिक गर्ने बानी त छैन नि? छ भने होसियार, यस्ता सन्देशहरू तपाईँलाई फसाउने नयाँ तरिका हुन सक्छन्, नेपालमा अनलाइन ठगी दिनहुँ बढ्दो छ।

ठगहरू  जस्ता प्लेटफर्ममार्फत ठगी गर्ने गिरोह वा व्यक्ति कसैले तपाईँलाई आकर्षक सन्देश पठाउँछन् । 

यस्ता ठगको उद्देश्य भनेको तपाईँले यस्तो लिङ्क ओपन गर्नुहोस् अनि तपाईँको व्यक्तिगत र वित्तीय विवरण चोर्न पाइयोस् । ठगहरूले तपाईँलाई छिटो धनी बनाउने भन्दै क्रिप्टोकरेन्सी, फोरेक्स वा अनलाइन बेटिङमा लगानीको प्रस्ताव गर्छन् । यस्तो प्रस्तावले धेरैको बैङ्क खाता र व्यक्तिगत जानकारी चोर्ने प्रयास गर्छ । यो भिडियोमा हामी नेपाल राष्ट्र बैङ्कले चेतावनी दिएको आधारमा यस्ता ठगीबाट जोगिन के के गर्ने भन्नेबारे जानकारी दिँदै छौ । यो जानकारी स्मार्ट फोन प्रयोग गर्ने हामी सबैका लागि निकै नै महत्त्वपूर्ण छ । 

सुरक्षित रहने टिप्सहरू :

१‍.अपरिचित व्यक्तिबाट आएका सन्देशलाई बेवास्ता गर्नुहोस् । कुनै पनि अपरिचित नम्बर वा व्यक्तिबाट आएको सन्देश वा कल तुरुन्तै विश्वास नगर्नुहोस् ।

२.सन्देशको सत्यता जाँच गर्नुहोस् । चिनजानका व्यक्तिबाटै आए पनि आर्थिक सहयोगको सन्देश आएमा पहिले सत्यता पुष्टि गर्नुहोस् ।

३.अझ सतर्क रहनुहोस् । ह्वाट्सएप, मेसेन्जर जस्ता प्लेटफर्ममा आउने सन्देशहरूले तत्काल प्रतिक्रिया नदिनुहोस् ।

४.निजी विवरण कसैसँग नबाँड्नुहोस् । तपाईँको बैङ्क खाता वा व्यक्तिगत विवरण अनलाइनमा शेयर गर्दा सधैँ सावधान रहनुहोस् ।

५.आकर्षक प्रस्तावमा नफस्नुहोस् । छोटो समयमा धेरै फाइदा हुने भन्दै आउने लगानीको प्रस्तावहरूबाट सचेत रहनुहोस् ।

६. वित्तीय कारोबार गर्दा अझ सावधानी अपनाउनुहोस् र ठगीका घटनाहरूबाट सुरक्षित रहन विशेष ध्यान दिनुहोस् ।