भिजिट भिसा प्रकरण संलग्नता रहेको हुन सक्ने भन्दै सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित, रास्वपा, राप्रपा लगायतका विपक्षी दलका सासंदहरुले लेखकको राजीनामा मागेका हुन्।
माओवादी सांसद वर्षमान पुनले गृह मन्त्रीले मार्गप्रशस्त गरेर निष्पक्ष छानबिनलाई सहयोग पुर्याउनुपर्ने बताएका छन् । यस्तै, रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका छन्।
गृह मन्त्रीको राजीनामा नआउँदासम्म बैठक चल्न नसक्ने विपक्षीहरूको अडान छ ।
विपक्षी सांसदहरूले नारावाजी गर्दै निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।