कुवेत श्रमिक कानून

कुवेतमा रहेका श्रमिकले बुझ्नुपर्ने परिक्षणकाल

आप्रवासन आप्रवासन

वैदेशिक रोजगारीको लागि कुवेत जाने तयारीमा हुनुहुन्छ भने यो भिडियोमा दिइएको परिक्षणकालबारे जानकारी पूरा हेर्नुहोला .

कुवेत जानू अघि आफ्नो सम्झौता, परिक्षणकालका शर्तहरू र रोजगारदातासँगको कागजी सहमति राम्ररी बुझ्नुहोस् । तपाईंको अधिकार र सुरक्षाको सुनिश्चितता यिनै आधारमा तय हुनेछ ।

कुवेतमा रोजगारीको सुरुवातसँगै हरेक नेपाली श्रमिकलाई १०० दिनको तलबी परिक्षणकाल Paid Probation Period मा राखिन्छ । तपाई कुवेत पुगेको दिनदेखि १०० दिनसम्मलाई परिक्षणकाल मानिन्छ ।

कुवेत पुग्नुअघि नेपालमै गरेको सम्झौतामा परिक्षणकालबारे उल्लेख भए नभएको जानकारी दिनुपर्छ । किनकी कुवेत उड्नु अगावै यो परिक्षणकालको सहमति तपाईं र रोजगारदाता दुवै बीच नेपालमै गरिसक्नुपर्छ ।

एउटै रोजगारदातासँग तपाईंको जीवनमा मात्र एकपटक परिक्षणकाल हुने व्यवस्था छ । यदी रोजगातारुलाई तपाईंको काम मन नपरेमा कुनै पूर्वसूचना नदिई तपाईंलाई हटाउन सक्ने अधिकार हुन्छ ।

तपाईंलाई पनि काम, कम्पनी वा वातावरण चित्त नबुझेमा काम छोड्न पाउने अधिकार हुन्छ। तर  तपाईंले काम छोडेपछिको अवस्थामा कम्पनी परिवर्तन गर्न पाइँदैन। यस्तो अवस्थामा तपाईंले नेपाल फर्किनै पर्ने हुन्छ ।

नेपाल फर्कन लाग्ने फ्लाइट टिकट भने रोजगारदाता कम्पनीले भरपाई गर्नुपर्छ ।