जापानमा एक नेपाली पक्राउ

स्कुटरलाई ठक्कर दिएपछि जापानमा एक नेपाली पक्राउ

आप्रवासन आप्रवासन

जापानमा स्कुटरमा सवार जापानी पुरुषलाई ठक्कर दिएपछि एक नेपाली महिला पक्राउ परेकी छिन् ।

जापानको योकोहामामा स्कुटरमा सवार एक नेपाली महिलाले अर्को स्कुटरमा सवार जापानी पुरुषलाई ठक्कर दिएकी थिइन् । दुर्घटनामा ६६ वर्षीय जापानी पुरुष गम्भीर घाइते भएका थिए । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि दुर्घटनामा संलग्न भएको अभियोगमा प्रहरीले नेपाली महिलालाई पक्राउ गरेको हो ।

यद्यपि, २३ वर्षिया ती नेपालीको परिचय भने खुलाइएको छैन । उनले जापानमा पत्रिका वितरण गर्ने काम गर्दै आएको बताइएको छ । दुर्घटनामा नेपाली महिलालाई भने कुनै चोटपटक लागेको छैन ।

प्रहरीले उनलाई लापरबाहीपूर्ण सवारी चलाएर मृत्यु निम्त्याएको अभियोगमा अनुसन्धान अघि बढाएको छ ।