कार्यक्रममा विदेश

कार्यक्रममा विदेश जानेले अध्यागमनमा देखाउनुपर्ने ८ कागजात

आप्रवासन आप्रवासन

विदेश जान पासपोर्ट लिएर तयारी अवस्थामा हुनुहुन्छ ?  फ्लाइट नजिकिँदै छ  तर अध्यागमन डेस्कमै रोकिनुभयो भने ? विदेशको तालिम, सम्मेलन वा कुनै विशेष कार्यक्रममा सहभागी हुन पाउने मौका पाउनु भनेको रोमाञ्चक कुरा हो । एक त सिकाइको मौका, अर्को धेरै देशका आफू जस्तै व्यक्तिसँगको इन्टरयाक्सन,   सँगै नयाँ देश, शहर घुम्ने अवसर पनि । तर तपाईकै सानो हेलचेक्यइले अध्यागमनमा जाँचमा यात्रा नै रोकिने परिस्थिति आयो भने ?

अध्यागमनका कर्मचारीले सोध्नेछन् । के के कागजात छ ?

 ए तपाईसँग भएको कागजात पुगेन । यस्तो सुन्नु पर्यो भने ? अन्तिम समयको यो समस्या तपाईले झेल्नु नपरोस् । तपाईलाई एयरपोर्ट इमिग्रेसनमा तनाब नहोस् भनेर यो भिडियोमा हामीले साथमा हुनुपर्ने ८ कागजातबारे जानकारी गराँदैछौ । भिडियो अन्तिमसम्म हेर्नुहोला ।

. वैध पासपोर्ट

तपाईंको पासपोर्ट कम्तीमा पनि ६ महिनाभन्दा बढीको वैधता भएको हुनुपर्छ। पासपोर्ट पुरानो वा च्यातिएको छ भने नयाँ पासपोर्ट लिएर मात्र यात्रा गर्नुहोला।

. गन्तव्य मुलुकको वैध भिसा

यदि तपाईं भिसा-अन-अराइभल पाउने देशमा जानुहुन्न भने, तपाईंले पहिले नै भिसा प्राप्त गरेको हुनुपर्छ। भिसामा स्पष्ट रूपमा यात्रा प्रयोजन उल्लेख भएको हुनु अनिवार्य छ।

. दुईतर्फी हवाई टिकट

अध्यागमन अधिकारीहरूले तपाईं फर्किने मिति पक्का गर्न चाहन्छन्। त्यसैले जान र फर्कने दुवै टिकटको कपी साथमा हुनुपर्छ ।

. बोर्डिङ पास

फ्लाइट चढ्नुअघि बोर्डिङ पास निकाल्नुभएको छ भने त्यसको प्रिन्ट वा मोबाइलमा सुरक्षित कपी देखाउनुहोस्।

. स्पोन्सर लेटर वा आर्थिक प्रमाण

यदि तपाईंलाई कुनै संस्थाले कार्यक्रमको खर्च बेहोरेको हो भने त्यसको स्पोन्सर लेटर देखाउनुहोस्। अन्यथा, कम्तीमा १ हजार अमेरिकी डलर नगद वा कार्डमा भएको प्रमाणसहित होटेल बुकिङको कपी पनि देखाउनु आवश्यक हुन्छ।

. कार्यक्रमको आमन्त्रण पत्र

तपाईं सहभागी हुन लागेको तालिम, सम्मेलन वा कार्यक्रममा आयोजक संस्थाबाट प्राप्त आमन्त्रण पत्र अत्यन्तै महत्वपूर्ण कागजात हो। यसमा तपाईंको नाम, कार्यक्रमको मिति, स्थान र विवरण स्पष्ट हुनुपर्छ।

. सिफारिस पत्र र परिचयपत्र

जहाँ तपाईं कार्यरत हुनुहुन्छ, त्यो सङ्घ/संस्थाको सिफारिस पत्र  र तपाईंको ID Card पनि साथमा हुनुपर्छ । यसले तपाईंको पेसागत परिचय र यात्रा उद्देश्य पुष्टि गर्छ ।

. डलर सटहीको भर्पाई वा भौचर

तपाईंले पासपोर्टमा डलर सटही गर्नुभएको भए, त्यसको प्रमाण (भर्पाई वा भौचर) पनि देखाउनुपर्छ। यो कागजातले तपाईंले कानुनी तरिकाबाट विदेशी मुद्रा लिएको पुष्टि गर्छ ।

विदेश यात्राको पहिलो सफल कदम हो सही कागजात । त्यसैले आशा छ अब तपाईको यात्रा सफल हुने छ ।