तेलको मूल्य

इजरायलको आक्रमणपछि आकासिँदै तेलको मूल्य

आप्रवासन आप्रवासन

इजरायलले इरानमाथि आक्रमण गरेपछि त्यसको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा परेको छ । आक्रमणपश्चात् अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० प्रतिशत भन्दा बढीले बढेको बिबिसीले जनाएको छ।

इरान विश्वको प्रमुख पेट्रोलियम पदार्थ प्रमुख उत्पादक देश हो । इजरायलको आक्रमण पश्चात् हवाई आकाश बन्द भएको छ भने यातायात तथा ढुवानीमा असर पुगेको छ । जसले गर्दा कच्चा तेलको मूल्य बढेको हो ।

तर इरानले इजरायलमाथि प्रत्याक्रमण गरे त्यसले समग्र मध्यपूर्वलाई नै असर गर्ने र इन्धन आपूर्तिमा बाधा पुर्‍याउन सक्छ । यदि इरानले हर्मुज स्ट्रेटमा पूर्वाधार वा ढुवानीलाई लक्षित गरी आक्रमण गरे प्रतिदिन लाखौँ ब्यारेल तेल आपूर्तिलाई अवरुद्ध हुन सक्छ।

यो स्ट्रेट विश्वको सबैभन्दा महत्त्वपूर्ण ढुवानी मार्गहरू मध्ये एक हो । विश्वको पाँच भाग मध्येको एक भाग तेल यहाँबाट आपूर्ति हुन्छ। सो क्षेत्रले उत्तरमा इरान र दक्षिणमा ओमान र युएईले घेरिएको छ र हर्मुज स्ट्रेटले खाडीलाई अरब सागरसँग जोड्छ।

त्यसैले कुनै पनि समयमा दुई बिच थप आक्रमण भएमा त्यसको सिधा असर विश्वव्यापी तेल आपूर्ति शृङ्खलामा पर्ने छ ।

तेलको मूल्य बढ्नु भनेको यातायात भाडादेखि बजारमा धेरैजसो सामान र भान्सा पनि महँगो हुनु हो । त्यसैले यी २ राष्ट्र बिच तनाव चुलिँदै गए त्यसको असर नेपालीहरूले समेत सामना गर्नुपर्ने छ ।