इजरायल र इरानबिचको द्धन्द्ध चर्किएपछि भारतले इरानमा रहेका आफ्ना विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायली आक्रमणबाट जोगिन आफ्ना विद्यार्थीहरूलाई इरानकै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाएको हो ।
यस्तै, तेहरानको सुरक्षा अवस्था अवस्था बारे समेत नियमित निगरानी गरिराखिएको मन्त्रालयको भनाई छ । मन्त्रालयले विद्यार्थीहरूको सुरक्षाका लागि अन्य सम्भावित विकल्पबारे छलफल भइरहेको समेत उल्लेख गरेको छ । इरानमा करिब २ हजार ५ सय भारतीय विद्यार्थी रहेको अनुमान छ ।
इरान र इजरायलको युद्धका कारण दुवै देशको हवाई मार्ग बन्द छन् । यसले गर्दा त्यहाँ रहेका विदेशीहरूले हवाई मार्गबाट स्वदेश फर्कन पाएका छैनन् । बढ्दो आक्रमणका कारण स्थल मार्ग समेत असुरक्षित बनेको छ ।