एयर इन्डियाको जहाजमा समस्या

अमेरिकाबाट मुम्बई आउँदै गरेको एयर इन्डियाको जहाजमा समस्या

आप्रवासन आप्रवासन

अमेरिकाको सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको जहाजको इन्जिनमा समस्या आएपछि कलकत्तामा आपत्कालीन अवतरण गराइएको छ ।

भारतीय सञ्चार माध्यमहरूले जहाजको इन्जिनमा प्राविधिक गडबडी आएपछि मङ्गलवार कलकत्ताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई ओरालिएको उल्लेख गरेका हुन् ।

सो जहाजबाट मङ्गलवार बिहान ०५ः २० बजे सबै यात्रुहरूलाई विमानबाट ओरालिएको हो।

यसअघि सोमबार मात्रै हङकङबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाकै अर्को जहाजमा पनि समस्या आएको भन्दै हङकङ नै फर्काइएको थियो ।

अघिल्लो साता मात्रै लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ जहाज अहम्दाबादमा दुर्घटनामा पर्दा जहाजमा सवार २४२ मध्ये २४१ जनाको मृत्यु भएको थियो ।