जी७ मा मतभेद

इजरायल-इरानलाई लिएर जी७ मा मतभेद, फर्किए ट्रम्प

आप्रवासन आप्रवासन

इजरायल र इरानबिचको द्वन्द्वको प्रभाव क्यानडामा जारी जी-सेभेन सम्मेलनमा समेत परेको छ । जी-सेभेनका अन्य नेताले प्रस्ताव गरेको इजरायल र इरानबिच तनाव कम गर्न र नागरिकको सुरक्षाको लागि आह्वान गर्ने वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर नगरेका हुन् ।

यस्तै, जी-सेभेनको कार्यक्रम बिचमै छाडेर ट्रम्प अमेरिका फर्किएका छन् । ह्वाइट हाउसले मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै ट्रम्प स्वदेश फर्किएको उल्लेख गरेको छ ।

यसैमाझ, ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै उत्तर पूर्वी तेहरानका बासिन्दाले त्यो स्थान छाड्नु उपयुक्त हुने धारणा राखेका छन्।

इजरायलले इरानको सैन्य संरचनामा प्रहार गर्ने जनाएको केही समयपछि ट्रम्पले तेहरानका बासिन्दाहरूलाई त्यस क्षेत्र खाली गर्न भनेका हुन् ।

ट्रम्पले इरानले कुनै पनि हालतमा आणविक हतियार राख्न नपाउने कुरा समेत दोहोर्‍याएका छन्।