चीनले इजरायल र इरानबिचको द्वन्द्वलाई नबढाउन अमेरिकालाई चेतावनी दिएको छ ।
चीनले इरान र इजरायलबिच जारी द्वन्द्वमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगोमा घ्यू थप्ने काम गरेको आरोप लगाउँदै सो चेतावनी दिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानका बासिन्दाहरूलाई तत्काल सो क्षेत्र खाली गर्न भनेको केही घण्टामै चीनको प्रतिक्रिया आएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनका क्रममा भने, ‘आगोमा घ्यू थप्ने, धम्की दिने र दबाब थप्ने कार्यले तनाव कम गर्न सहयोग पुर्याउँदैन, बरु बढाउँछ र द्वन्द्वलाई बढवा दिन्छ।’
सबै सरोकारवालालाई, खास गरी इजरायलमा प्रभाव रहेका मुलुकहरूलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न चीनले आग्रह गरेको छ ।