इरान छाड्न भारतको अपिल

इरान छाड्न आफ्ना नागरिकलाई भारतको अपिल

आप्रवासन आप्रवासन

भारतले इरानको राजधानी तेहरानमा भएका भारतीयहरूलाई सो क्षेत्र छाड्न भनेको छ।

भारतको विदेश मन्त्रालयले मन्त्रालयले विज्ञप्ति जारी गर्दै तेहरान छाड्न अपिल गरेको हो ।

मन्त्रालयले इरान पूर्ण रूपमा असुरक्षित भएको समेत उल्लेख गरेको छ ।

मन्त्रालयले अर्मेनियाको सीमा पार हुँदै इरान छाड्न उपयुक्त हुने सुझाव दिएको छ।

मन्त्रालयका अनुसार सोमबार मात्रै ११० भारतीयहरूलाई अर्मेनियाको सिमाना पार गराइएको छ ।

इजरायल र इरान बिच युद्ध चर्कँदै गइरहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान खाली गर्न भनेको भोलिपल्टै भारतको यो अपिल आएको हो ।

करिब इरानमा १० हजार भारतीय बसोबास गर्ने तथा काम गर्ने अनुमान गरिएको छ। जसमा करिब ४ हजार विद्यार्थी रहेको बताइएको  ।