नेपालीको विवरण सङ्कलन सुरु

इजरायल र इरानबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण सङ्कलन सुरु

आप्रवासन आप्रवासन

इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानबाट स्वदेश फर्कन चाहने नेपाली नागरिकको विवरण सङ्कलन सुरु गरेको छ ।

इजरायल र इरानबिच युद्ध सुरु भएको छैटौँ दिन अर्थात् आजबाट नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ताका लागि दूतावासले विवरण सङ्कलन थालेको हो ।

दूतावासले आवश्यकताअनुसार नेपालीको उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले विवरण सङ्कलन सुरु गरिएको जनाएको छ।

ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीले दूतावासको वेबसाइट वा फेसबुक पेजमा उपलब्ध गराएको लिङ्कमा गई आफ्नो विवरण भर्नुपर्ने छ ।

दूतावासका अनुसार इजरायलमा करिब ५ हजार र इरानमा १२ जना नेपाली छन् ।