ट्राभल एडभाइजरी

‘ट्राभल एडभाइजरी’जारी गर्दै सरकारले भन्यो-इजरायल र इरान नजानू

आप्रवासन आप्रवासन

सरकारले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले एक ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानबिच द्वन्द्व बढेका भन्दै त्यस क्षेत्रको भ्रमण, ट्रान्जिट वा कामको लागि जाने तयारी गरिरहेका नेपालीलाई योजना स्थगित गर्न आग्रह गरेको हो ।

एडभाइजरी भनिएको छ, ‘हालको असहज परिस्थितिमा इजरायल वा इरान बाहेकका मध्य पूर्वीय मुलुकतर्फको भ्रमण तथा वैदेशिक रोजगारीका लागि जान लागेका नेपाली नागरिकहरूले पनि यात्रा स्थगन गर्नु उपयुक्त हुनेछ।’

यस्तै, मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

हाल इजरायल र इरानबिच द्वन्द्व बढेकाले त्यहाँ रहेका नेपाली नागरिकहरूले सुरक्षाको पूर्ण ध्यान दिन, सम्भव भएसम्म भिडभाडयुक्त ठाउँमा नजान र स्थानीय सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न मन्त्रालयको अनुरोध छ। आवश्यक भएमा त्यहाँबाट निस्कन समेत भनिएको छ।

विशेष गरी इजरायल र इरानमा कार्यरत वा अध्ययनरत नेपाली नागरिकहरूलाई निर्धारित समय बाहेक बाहिर ननिस्कन, दूतावास राजदूतावासको सम्पर्कमा रहन र नियमित रूपमा सार्वजनिक सूचना तथा सल्लाहहरू अनुगमन गर्न एडभाइजरीमा उल्लेख गरिएको छ।