वैदेशिक रोजगार ठगी

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

आप्रवासन आप्रवासन

आकर्षक तलब सुविधाको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिने भन्दै रकम ठगी गरेको आरोप २ जना पक्राउ परेका छन् ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

क्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखा धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सुरेश गुरुङ छन् ।

जसमध्ये दर्शनमाथि इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ६ लाख रुपैयाँ असुल गरेर फरार भएको आरोप छ ।

यस्तै,सुरेशमाथि अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितबाट ४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोप छ ।

दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।