इरानमाथि आक्रमण योजना

ट्रम्पले स्वीकृत गरे इरानमाथि आक्रमण गर्ने योजना

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरेका छन् । यद्यपि, ट्रम्पले योजना स्वीकृत गरे पनि अन्तिम निर्णय भने लिई नसकेको बिबिसीले जनाएको छ ।

बिहीबार बिहान ट्रम्पलाई इरानमाथि आक्रमण अमेरिकी योजना बारे प्रश्न गरिएको थियो । जसमा ट्रम्पले आगामी दिनमा के हुन्छ हेर्दै जाऔँ भन्ने जवाफ फर्काएका छन् ।

ट्रम्पले इरानसँग आणविक हतियार हुनु हुँदैन भन्नेमा आफू स्पष्ट रहेको समेत बताएका छन् । इरानले पहिल्यै आणविक हतियार सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको भए यो नियति भोग्नु पर्दैन थियो भनेर समेत ट्रम्पले भनेका छन् ।

ट्रम्पले बुधबार मात्रै इरानलाई बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिएका थिए । जसमा इरानी सर्वोच्च नेता आयुतुल्लाह अल खामिनिले इरान कसैसँग नभुक्ने जवाफ फर्काएका छन् ।

यस परिस्थितिका माझ अमेरिकाले भित्रभित्रै इरानमाथि आक्रमणको तयारी गरिरहेको बिबिसीले उल्लेख गरेको छ ।