जापानमा चामल

जापानमा चामल ५० वर्षयताकै महँगो, धरमरमा सरकार

आप्रवासन आप्रवासन

जापानमा चामलको मूल्य ५० वर्षयताकै उच्च विन्दुमा पुगेको छ । जापान सरकारको पछिल्लो तथ्याङ्क अनुसार मे महिनामा चामलको मूल्य १०१ दशमलव ७ प्रतिशतले बढेको हो ।

यसअघि अप्रिलमा चामलको मूल्य ९८ दशमलव ४ प्रतिशत र मार्चमा ९२ दशमलव १ प्रतिशतले  बढेको थियो । मे महिनाको चामलको यो मूल्य सन् १९७५ यताकै उच्च हो ।

यस्तै, मे महिनामा बिजुलीको बिल ११ दशमलव ३ प्रतिशत र ग्यासको मूल्य ५ दशमलव ४ प्रतिशतले बढेको छ ।

यी कुराहरूले मे महिनामा महँगी दर ३ दशमलव ७ प्रतिशत पुगेको छ । यो सन् २०२३ जनवरीपछिको सबैभन्दा धेरै हो भने अप्रिलको भन्दा शून्य दशमलव २ प्रतिशतले बढी हो ।

यसबाट जापानमा रहेका नेपाली विद्यार्थी तथा श्रमिक समेत मारमा परेका छन् ।

चुलिँदो चामल सङ्कट र बढ्दो महँगीले जापान सरकारको भविष्य नै अप्ठेरोमा परेको छ । महँगीका कारण सरकारको लोकप्रियता समेत खस्किएर सबैभन्दा तल्लो स्तरमा पुगेको छ ।

उता, आउँदो जुलाई २० मा जापानमा संसद्को माथिल्लो सदनका लागि चुनाव हुँदै छ। जापानमा माथिल्लो र तल्लो सदनले प्रधानमन्त्री चुन्ने गर्छ । यस्तोमा, आउँदो चुनाव र आफ्नो निरन्तरतालाई लिएर प्रधानमन्त्री प्रधानमन्त्री सिगेरु इशिबा अप्ठेरोमा परेका छन् ।