कच्चा तेलको मूल्य

आज फेरि ६ प्रतिशतले घट्यो कच्चा तेलको मूल्य

आप्रवासन आप्रवासन

इजरायल र इरानबिच युद्ध बिराम भएपछि घट्न सुरु कच्चा तेलको मूल्य आज पनि जारी छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आज एकै दिन ६ प्रतिशतले घटेको छ ।

अमेरिकी सञ्चार माध्यम सिएनएनका अनुसार बुधबार ग्लोबल ओएल बेन्चमार्कमा कच्चा तेलको मूल्य ६ दशमलव १ प्रतिशतले घटेर प्रति ब्यारेल ६७ दशमलव १४ अमेरिकी डलर कायम भएको छ । उता, वेस्ट टेक्सस इन्टरमिडियटमा कच्चा तेलको मूल्य ६ प्रतिशतले घटेको छ । बुधबार वेस्ट टेक्सस इन्टरमिडियटमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ६४ दशमलव ३७ अमेरिकी डलर कायम भएको छ ।

यी दुई विश्वका प्रसिद्ध कच्चा तेलको मूल्य निर्धारक हुन ।

गत जुन १३ मा इजरायलले इरानमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहेको थियो ।

अझ, गत सोमबार इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेपछि त कच्चा तेलको मूल्य एकै दिन ७ प्रतिशतले वृद्धि भएको थियो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायल र इरानबिच युद्ध बिराम लागु भएको घोषणा गरेसँगै मूल्य घट्न थालेको छ ।