बजेट विधेयक

ट्रम्पको बजेट विधेयकका कारण १ करोड २० लाखले स्वास्थ्य बिमा गुमाउन सक्ने

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद्मा पेस गरेको ‘अ बिग ब्युटिफुल बिल’ विधेयकले गर्दा निकै ठुलो सङ्ख्यामा अमेरिकीहरूले स्वास्थ्य पहुँच गुमाउन सक्ने देखिएको छ ।

बिबिसीका अनुसार यो विधेयक पास भएमा १ करोड २० लाख अमेरिकीहरूले स्वास्थ्य बिमा गुमाउन सक्ने छन् ।

विधेयकले ३ दशमलव ३ ट्रिलियन ऋण समेत थप्न सक्ने बिबिसीले उल्लेख गरेको छ ।

शनिबार जारी गरिएको ९४० पृष्ठको सो विधेयकले ट्रम्पको पहिलो कार्यकालको मुख्य विधायिकी उपलब्धि २०१७ को कर कटौतीलाई विस्तार गर्नेछ ।

यस्तै, विधेयकले कर घटाउने, औषधि उपचार कोषमा कटौती गर्ने, पोषण सहायता कटौती गर्ने तथा सेना र आप्रवासन नीति कार्यान्वयनमा खर्च बढाउने छ

विधेयकमा रिपब्लिकनहरूको वर्चस्व रहेको र औषधोपचार कोषमा निर्भर ग्रामीण क्षेत्रका अस्पतालहरूलाई मद्दत गर्न थप कोषको पनि व्यवस्था गरेको छ

रिपब्लिकन दलका नेताहरूले ट्रम्पको जुलाई ४ को समय सीमाअघि नै विधेयकलाई सिनेटबाट पारित गर्ने तयारी गरेका छन् ।

यो विधेयकलाई लिएर अहिले अमेरिकाभर पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

डेमोक्रेटिक सासंदहरुले भने विधेयकको चर्को विरोध गरेका छन् ।