नेपाल एयरलाइन्स स्थापना दिवस

स्थापनाको ६७ वर्षमा नेपाल एयरलाइन्स, ऋण ५० अर्ब

आप्रवासन आप्रवासन

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अर्थात् नेपाल एयरलाइन्स स्थापनाको ६७ वर्ष पुगेको छ ।

सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरेको थियो । अहिले निगमले २ थान वाइडबडी ए ३३० र २ थान न्यारोबडी ए ३२० सिरिजका जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

अन्तर्राष्ट्रियतर्फ भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्यान्ड, जापान, कतार, युएई र साउदी अरबमा उडान भर्दै आएको छ । आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ ।

निगमसँग आन्तरिक उडानका लागि २ थान ट्वीनअटर जहाज छन् । स्थापनाको ६७ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सामा भने उल्लेख्य सुधार गर्न सकेको छैन ।

जसले गर्दा निगमको ऋण दायित्व करिब ५० अर्ब रुपैयाँ पुगेको छ । वाइडबडी जहाज खरिद गर्न निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।