न्यूयोर्क शहरको इतिहासमै पहिलो पटक, मुस्लिम समुदायका एक आप्रवासी युवा नेता मेयर बन्ने नजिक पुगेका छन् । उनी डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बनेका छन् नाम हो, जोहरान ममदानी ।
अहिले पत्रपत्रिका टेलिभिजन इन्टरनेटमा उनकै चर्चा छ । पहिले जोहरान ममदानी लाई व्यक्तिगत रूपमा चिनौँ, त्यसपछि आउनेछौ उनेको मेयर प्रत्याशीसम्मको यात्राबारे ।
जोहरानको उमेर मात्र ३३ भयो । युगान्डामा जन्मिएलाई सात वर्षको हुँदा परिवारले अमेरिका ल्याइए ।
बुबा कोलम्बिया विश्वविद्यालयका प्राध्यापक, आमा मिरा नायर—बलिउडकी चर्चित निर्देशक । जोहरानको बाल्यकाल, किशोरावस्था घरमा किताब र क्यामेराबिच बित्यो ।
उनले बैङ्क स्ट्रिट स्कुल फर चिल्ड्रेन र ब्रोंक्स हाई स्कुल अफ साइन्सबाट स्नातक गरे । ममदानीले मेनको बोडोइन कलेजमा पढेका थिए, जहाँ उनले प्यालेस्टाइनमा स्टुडेन्ट्स फर जस्टिसको स्कुलको अध्यायको सह-स्थापना गरेका थिए ।
उनले २०१४ मा अफ्रिकाना अध्ययनमा स्नातक डिग्री हासिल गरे । ममदानी कलेज सङ्गठनमा निकै सक्रिय थिए ।
२०२१ देखि क्वीन्समा अवस्थित ३६ औँ जिल्लाबाट न्यूयोर्क राज्य सभाको सदस्यको रूपमा सेवा गर्दै आएका छन् ।
नयाँ पुस्ताका प्रगतिशीलमा गनिने ममदानी न्यूयोर्कको पहिलो मुस्लिम तथा दक्षिण एसियाली मूलका मेयर हुनेछन् । उनी सहरको विविधतायुक्त पृष्ठभूमिसँग आफूलाई जोड्ने गर्छन् ।
अभियानका क्रममा उनले उर्दुमा एउटा सन्देश प्रस्तुत गरेका थिए, जसमा बलिउडका चलचित्रका छोटा अंशहरू पनि राखिएको थियो । साथै, उनी स्पेनिस भाषा पनि राम्रोसँग बोल्न सक्छन् ।
उम्मेदवार छनोटका लागि हुने प्राइमरी इलेक्सनमा ९५ प्रतिशत मत गणना भइसक्दा ममदानीले पूर्व गभर्नर एन्ड्र्यु कुमोलाई पछि पारिदिएका छन् । कुमोले ३६ प्रतिशत मत ल्याउँदा ममदानीले ४३ प्रतिशत मतसहित अगुवाइ गरेका छन् ।
न्यूयोर्क शहरलाइ लिएर उनको तर्क यति बेला निकै रुचाइएको छ- “न्यूयोर्क संसारकै ठुलो शहर भएर पनि मानिसलाई आर्थिक रूपमा बस्न निकै कठिन छ । यस्तो ठुलो सहरले कुनै महत्त्व नराख्ने उनको भनाई छ ।
उनका अभियानका मुद्दा सिधा जनजीवनसँग जोडिएका छन्—निःशुल्क सार्वजनिक बस सेवा, सबै बरोमा गैर नाफामूलक किराना पसल, बालबालिकालाई निःशुल्क वाल हेरचाह र सस्तो आवासको सुनिश्चितता ।
प्रचारको लागि उनको तरिका पनि निकै अनौठा छन् । सबवे स्टेसनमा उपवास तोडे, महासागरमा हाम फाले, हजारौँको भिडबिच पैदल यात्रा गरे, हातमा मुटु आकारका बेलुन बोकेर सडक घुमे ।
उनको शैली डिजिटल युगसँग मेल खाने—इन्स्टाग्राम, एक्स, रील्समा हिन्दी, उर्दु, स्पेनिस भाषामा आफ्ना सन्देश दिएका छन् । तिनीका पोस्टमा ‘जोहरान ममदानी’ मात्र लेखे पनि हजारौँ लाइक आउँछन् ।
प्रचारको लागि उनको तरिका पनि निकै अनौठा छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले त उनलाई कम्युनिस्ट पागल भनी ट्रोल नै गरे । सामाजिक सञ्जालमा पनि रूढिवादीहरूले कट्टर वामपन्थी को ट्याग दिए ।
यता ममदानी इजरायल–प्यालेस्टाइन विषयमा पनि स्पष्ट छन् । उनको नेतान्याहुलाई न्यूयोर्क आए पक्राउ गर्नुपर्छ भन्ने अभिव्यक्तिले राजनीतिक भुईँचालो ल्यायो ।
तर उनले फेरि पनि दोहोर्याए—न्यायको पक्षमा उभिन डराउनु हुँदैन ।
आज ममदानीले पूर्व गभर्नर कुमोलाई पछि पार्दै डेमोक्र्याटिक पार्टीको मेयर उम्मेदवार बनेका छन् ।
यदि उनले नोभेम्बरको निर्वाचन जिते, न्यूयोर्कमा पहिलो पटक एक मुस्लिम, आप्रवासी, दक्षिण एसियाली मूलका मेयर जन्मिने छन् ।