गाजामा  युद्ध विराम

गाजामा युद्ध विराम गर्न इजरायल तयार रहेको ट्रम्पको भनाई

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा ६० दिने युद्ध विराम गर्न इजरायल तयार भएको बताएका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले इजरायलले गाजामा युद्ध विरामका लागि गरिएको प्रस्ताव स्वीकार गरेको जनाएका हुन्।

ट्रम्पले अझ धेरै खराब अवस्था आउन नदिनका लागि हमासले पनि प्रस्तावलाई स्वीकार गर्ने विश्वास लिएका छन्।

ट्रम्पले युद्धको विरामका सर्तहरू भने खुलाएका छैनन् ।

ट्रम्पले गाजामा हुने ६० दिने युद्ध विरामको समयमा युद्धको पूर्ण अन्त्यका लागि प्रयास गर्ने समेत उल्लेख गरेका छन्।

कतार र इजिप्टले युद्ध विरामका लागि धेरै प्रयास गरेकाले पूर्ण शान्तिका लागि धेरै मिहिनेत गर्नु परेको ट्रम्पको भनाई छ ।

यद्यपि, हमासले भने युद्धको विरामको प्रस्तावलाई लिएर सार्वजनिक प्रतिक्रिया दिएको छैन । 

करिब २१ महिनादेखि नेपाली विद्यार्थी विपिन जोशी हमासको कब्जामा छन् ।

यद्यपि, उनको अवस्था भने अज्ञात छ ।

गाजामा युद्ध बिराम भएर बन्दी आदान प्रदानको सहमति भएमा विपिन रिहा हुन सक्ने आशा बढ्ने छ ।