ट्रम्पको कर र खर्चसम्बन्धी विधेयक

उपराष्ट्रपतिको निर्णायक मतपछि अमेरिकी सिनेटबाट खर्चसम्बन्धी विधेयक पारित

आप्रवासन आप्रवासन

अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्चसम्बन्धी विधेयक अमेरिकी सिनेटबाट पास भएको छ ।

अमेरिकी सिनेटमा घण्टौँसम्म चलेको बहस, संघर्ष र रस्साकसीपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसम्बन्धी विधेयक झिनो मतले पारित भएको हो ।

सिनेटमा विधेयकमा २४ घण्टाभन्दा बढी समय बहस भएको थियो र अन्तत मतदान भएको थियो ।

तर मतदानमा पक्ष र विपक्षमा बराबर मत परेपछि उपराष्ट्रपति जेडी भान्सले ‘टाई–ब्रेकिङ’ मत दिँदा विद्येयक पारित भएको हो ।

यो विधेयक अब अमेरिकी तल्लो सदन कंग्रेसमा पठाइनेछ।

यसअघि तल्लो सदन कंग्रेसमा पनि यो विधेयक एक मतको झिनो अन्तरले पारित भएको थियो ।

ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई यो विधेयकको अन्तिम संशोधनलाई ४ जुलाईसम्म कानुनमा हस्ताक्षर गर्न पठाउन समयसीमा दिएका छन् ।