बेलायत सरकारले विद्युतीय सवारी प्रयोगकर्ताहरूका लागि घरमै सुरक्षित चार्ज गर्न मिल्ने पेवमेन्ट गली योजना सुरु गरेको छ।
ड्राइभवे नभएका घरधनीहरूलाई लक्षित गर्दै सरकार स्थानीय काउन्सिलमार्फत यो सुविधा विस्तार गर्न २५ मिलियन यूरे पाउन्ड विनियोजन गर्दैछ ।
बेलायतका करिब ९.३ मिलियन घरहरूमा निजी पार्किङ छैन । यस्तो अवस्थामा घरधनीहरूले सडक किनारमा गाडी पार्क गरेर घरबाट तार तानेर चार्ज गर्नुपर्ने अवस्था छ, जुन सुरक्षाका दृष्टिले जोखिमपूर्ण छ ।
नयाँ ‘गली सिस्टम’ ले सडकभरिको तार हटाउनेछ र सुरक्षित चार्जिङ वातावरण निर्माण गर्नेछ ।
बेलायतमा बसोबास गर्ने नेपालीहरू, विशेष गरी लन्डन र अन्य शहरी क्षेत्रमा, जहाँ घरसँग ड्राइभवे छैन, उनीहरूका लागि यो व्यवस्था निकै उपयोगी हुन सक्छ ।
गली सिस्टम जडान गर्न तार तान्ने च्यानल, कभर र कामदारको शुल्कसहित करिब एक हजार यूरो खर्च लाग्ने अनुमान गरिएको छ ।
अहिले Kerbo Charge, Gul-e र Pavecross जस्ता कम्पनीहरूले यस्ता प्रणाली बजारमा ल्याइसकेका छन् ।
सार्वजनिक चार्जिङ स्टेशनमा VAT २०% लाग्छ, तर घरबाट चार्ज गर्दा ५% मात्र लाग्ने भएकाले यो सस्तो पनि पर्छ ।
यो सेवा लिन चाहनेले पहिले आफ्नो काउन्सिलसँग अनुमति लिनु पर्नेछ ।
हालसम्म स्टर्लिङदेखि कोर्नवालसम्म ३० भन्दा बढी काउन्सिलहरूले यस्ता प्रणाली प्रयोगमा ल्याएका छन् ।