अध्यागमन प्रमुख सरुवा

एकै पटक फेरिए अध्यागमन विभाग र विमानस्थल अध्यागमन प्रमुख

आप्रवासन आप्रवासन

गृह मन्त्रालयले एकै पटक अध्यागमन विभागको महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुखको सरुवा गरेको छ ।

गृहमन्त्री रमेश लेखकको मन्त्री स्तरीय निर्णयमार्फत दुवै जनाको सरुवा भएको हो ।

मन्त्रालयले विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी रामचन्द्र तिवारीलाई विभागमा पठाएको छ ।

यस्तै, विमानस्थल अध्यागमन कार्यालय प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि गृह मन्त्रालयले सरुवा गरिएको छ ।

कोइरालाको स्थानमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई पठाइएको छ ।

विमानस्थलका अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थ भट्टराईमाथि भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएपछि अध्यागमन विवादको केन्द्रमा छ ।