अमेरिकामा महँगी

ट्रम्पको कर नीतिका कारण अमेरिकामा बढ्यो महँगी

आप्रवासन आप्रवासन

अमेरिकामा महँगी बढेको छ ।

अमेरिकाको ब्युरो अफ लेबर स्टाटिसटिक्सका अनुसार जुन महिनामा महँगी दर अघिल्लो महिनाको तुलनामा शून्य दशमलव ३ प्रतिशतले वृद्धि भएको हो ।

जुन महिनामा अमेरिकामा महँगी दर २ दशमलव ७ प्रतिशत पुगेको छ ।

मे महिनामा उपभोक्ता मूल्य दर २ दशमलव ४ प्रतिशत थियो ।

मेमा पनि मार्चको तुलनामा शून्य दशमलव १ प्रतिशतले महँगी बढेको थियो ।

जुन महिनामा सबैभन्दा धेरै ग्यास तथा इन्धन, खाद्यान्न, लत्ता कपडा, फर्निचर जस्ता वस्तुमा मूल्यवृद्धि देखिएको छ ।

जुन महिनाको यो मूल्यवृद्धि गत फेब्रुअरी महिनायताकै उच्च हो ।

अर्थविद्हरूले मूल्यवृद्धि बढ्दै जानुमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिलाई जिम्मेवार ठहराएका छन् ।

विभिन्न देशमाथि ट्रम्पले लगाएको भन्सार करका कारण अमेरिकामा आयात हुने बस्तुहरूको मूल्य बढेको छ ।

जसले गर्दा अमेरिकामा मूल्यवृद्धि बढेको हो ।

यसबाट जनतालाई महँगी घटाउने वाचा गरेर शासनमा फर्काएका ट्रम्पमाथि दबाब बढेको छ ।