अन्तर्राष्ट्रिय ड्राइभिङ पर्मिट

बैंकबाटै लिन सकिन्छ अन्तर्राष्ट्रिय ड्राइभिङ पर्मिट

आप्रवासन आप्रवासन

यदि तपाईँको नबिल बैंकमा खाता छ भने, सजिलो तरिकाबाट घरमै बसेर अन्तर्राष्ट्रिय ड्राइभिङ पर्मिट लिन सकिन्छ । 

नबिल बैंकको मोबाइल एप एन बैंक बाइ नबिलमा लगइन गर्नुहोस् ।

स्क्रोल गर्नुहोस् । यहाँ तपाईँले 'मोर अप्सन' देख्न सक्नु हुनेछ ।

त्यसपछि देखिने छ यो पेज स्क्रोल गरेपछि लास्टमा देख्नुहुने छ- निम्बज ।

निम्बजमा क्लिक गर्नुहोस्, देखिने छ ड्राइभिङ पर्मिट ।

अब एप्लाइ नाउमा क्लिक गरेपछि आफ्नो ड्राइभिङ लाइसेन्सको फोटो त्यहाँ भनिए बमोजिम राख्नुहोला ।

त्यसपछि तपाईँको हस्ताक्षर राख्न मिल्छ ।

अर्को पेजमा तपाईँको नाम देशसहितका जानकारी भर्नुहोला ।

त्यसपछि ड्राइभर क्याटगरी आउने छ ।

त्यहाँ सही बुँदा छनौट गर्नुहोस् । सँगै भनिएका सम्पूर्ण विवरण सही भर्नुहोला ।

यस्तै तपाई जुन देश बसेर यो फर्म भरिरहनुभएको हो त्यहाँको ठेगाना पनि भर्नुपर्छ ।

अब पालो आयो-अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स डेलिभर हुने ठेगाना आफू अनुकूल लोकेसन राख्नुहोला ।

तपाई कति समयको लागि पर्मिट चाहिएको हो त्यो समेत भर्नुहोला र यस्तै तपाईँलाई इ कपि वा प्रिन्टेट कस्तो पर्मिट चाहिएको हो ।

त्यो समेत स्क्रिनमा अप्सन देखाइन्छ ।

यी सबै प्रक्रिया पूरा गएपछि पेमेन्टको अप्सन देख्न सक्नुहुनेछ ।

यति गरिसकेपछि इलेकट्रोनिक कपि तपाईँको इमेलमा २४ घण्टा भित्र प्राप्त हुने छ ।

प्रिन्टेट कपिको लागि भने केही दिन लाग्ने छ ।