अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा रगतको नसा सम्बन्धी समस्या देखिएको छ।
ट्रम्पको खुट्टा सुनिएपछि परीक्षण गराउँदा ट्रम्पमा रगतको नसा सम्बन्धी समस्या देखिएको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले पुष्टि गरेकी हुन् ।
ट्रम्पमा 'क्रोनिक भेनियस इनसफिसियन्सी' को समस्या देखा परेको हो ।
यद्यपि, लेभिटले ट्रम्पलाई देखिएको समस्या ७० वर्ष पार गरेका मानिसमा सामान्य भएको भनेर चिकित्सकहरूले भनेको बताएकी छिन् ।
पाको उमेरमा यो समस्या सामान्य भएको तर यसले मुटुको समस्या भने निम्त्याउन सक्ने बताइएको छ ।
तर ट्रम्पको मुटु सामान्य रहेको र कुनै समस्या नदेखिएको लेभिटको भनाई छ।
यसबाहेक ट्रम्पको अन्य ल्याब परीक्षणको रिपोर्ट सामान्य भएको ह्वाइट हाउसले जनाएको छ।