त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन प्रक्रियामा भइरहेको गुनासो समाधान गर्न नयाँ प्रविधि लागू गरेको छ।
अध्यागमन कार्यलयले एक विज्ञप्ती जारी गर्दै यो प्रणाली साउन १ बाटै लागू भएको जनाएको हो ।
अबदेखि विदेश जान लाग्दा झुठा नक्कली श्रम स्वीकृति वा एनओसी देखाएर जान खोज्नेहरू निरुत्साहित हुनेछन् ।
अध्यागमनको सुचनामा ट्राभल एजेन्ट, तालिम दिने संस्था, मेडिकल, मनी चेन्जर, भिसा प्रोसेसरजस्ता सम्बन्धित पक्षलाई विशेष चेतावनी दिएको छ ।
के छ त नयाँ व्यवस्थामा -साउन १ बाट लागू भएको व्यवस्थामा अध्यागमन प्रणाली शिक्षा मन्त्रालय र श्रम मन्त्रालयसँग सिधा जोडिने छ ।
जसबाट अब प्रणालीमै एनओसी र श्रम स्वीकृति मिलाइन्छ ।
अब नेपाली पोर्ट प्रणालीलाई स्थानीय डाटा सेन्टरबाट नै पूर्ण क्षमतामा सञ्चालन गरिनेछ ।
अब प्रणालीमै विवरण हेर्ने सुविधा हुन्छ त्यसकारण झुठा कागजात प्रयोग गरे कडा कारबाहीमा परिन्छ ।
अध्यागमन कार्यलयका अनुसार प्रणालीमा प्रविधिमैत्री सुधार गरिएको छ, जसले श्रमिक र यात्रु दुवैका लागि सुरक्षित र पारदर्शी यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
त्यसैले विदेश जानुअघि सबै कागजात प्रामाणिक छन् कि छैनन् अवश्य जाँच गर्नुहोला ।