कोमामा रहेका साउदी राजकुमार

२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमारको मृत्यु

आप्रवासन आप्रवासन

२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको निधन भएको छ।

१६ वर्षदेखि कोमामा रहेका खालिदको ३६ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

सन् २००५ मा लन्डनमा सैनिक तालिम लिन गएका बेला खालिद कार दुर्घटनामा परेका थिए ।

जस क्रममा उनको मस्तिष्कमा गहिरो चोट लाग्यो र कहिल्यै पूर्ण रूपमा होसमा फर्केनन् ।

२० वर्षदेखि अमेरिकी र स्पेनी चिकित्सकहरूको विशेष निगरानीमा उनको उपचार भइरहेको थियो ।

यही कारण उनी 'स्लिपिङ प्रिन्स' अर्थात् ‘सुत्ने राजकुमार’ का रूपमा चिनिने गर्दथे ।

उनी साउदीका राजकुमार खालिद बिन तलाल अल साउदका जेठा छोरा र अर्बपति राजकुमार अल वालिद बिन तलालका भतिजा हुन्।