हमासको कब्जामा रहेका बन्दीहरूको रिहा र जारी युद्ध रोक्नुपर्ने माग गर्दै इजरायलीहरूले सडक प्रदर्शन गरेका छन् ।
इजरायली पत्रिका इजरायली टाइम्सका अनुसार युद्ध समाप्त गर्न र गाजामा बन्दी बनाइएका बन्धक फिर्तीको मागसहित प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई शान्ति स्थापनाका लागि गम्भीर बन्न समेत आग्रह गरेका छन् ।
यस्तै, प्रदर्शनकारीहरूले गाजा युद्ध अन्त्य र बन्दी रिहाइमा हस्तक्षेप गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत आग्रह गरेका हुन् ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि दुई देशबिच युद्ध जारी छ ।
युद्धका क्रममा दुवैतर्फ गरी हजारौँ मानिसको ज्यान गइसकेको छ ।
यस्तै, नेपाली विद्यार्थी विपिन जोशी पनि करिब २१ महिनादेखि हमासको कब्जामा छन् ।
यद्यपि, जोशीको अवस्था भने अज्ञात छ।