आकर्षक तलब सुविधाको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पीडितको उजुरीका आधारमा प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्ने धादिङ नेत्रावती गाउँपालिका-५ घर भएका २९ वर्षीय सुदिप सापकोटालाई शनिबार पक्राउ गरेको हो ।
सुदिपमाथि ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको पीडितको उजुरी छ ।
सोही उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।
सुदिपमाथि आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।